काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भदौ २३ गतेको जेनजी आन्दोलन तत्कालीन सत्ता असंवेदनशील बनेका कारण उत्पन्न भएको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लक्षित गर्दै भने, “भदौ २३ को आन्दोलनका तीन प्रमुख मागहरू भ्रष्टाचार अन्त्य, सुशासन सुनिश्चित र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनको लागि थिए। यी मागहरू पूर्ण रूपमा जायज थिए। तर सत्तामा बसेकाहरूले संवाद वा परामर्शबाट समाधान खोज्न नसकेपछि जनता जवाफ खोज्न बाध्य भए ।”
नेपालले वर्तमान आन्दोलनले मात्र नभई भविष्यका लागि पनि चेतावनी स्वरूप खतराको संकेत दिएको बताए ।












