Logo
Logo

जेनजी आन्दोलनमा सरकारी दमन गलत भयो: प्रकाशशरण महत


378
Shares

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा राज्यसत्ताबाट गरिएको दमन गलत भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: mahat-1.jpg

नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “विधि शासन, जनअनुमोदित सरकार र स्वतन्त्र अदालत लोकतान्त्रिक व्यवस्थाको आधार हुन् । जब हामीले यसलाई स्वीकार्दैनौँ, समस्या आउँछ, शान्ति खलबलिन्छ, स्थायित्व अवरुद्ध हुन्छ । २०४६ पछि व्यवस्था आएको, २०६२/२०६३ मा अर्को सरकार बने पनि शान्ति र स्थायित्व स्थापित हुन सकेन । भदौ २३ मा पुनः घटना भयो। असन्तुष्टिहरूलाई शान्तिपूर्ण तरिकाले अभिव्यक्त गर्न नपाउँदा, र सरकारले पनि शान्तिपूर्ण समाधान गर्न नसक्दा यस्तो अवस्था सिर्जना भयो । सुशासनको लागि आन्दोलन जायज छ, तर सरकारको दमन गलत छ ।”

महतले जेनजी आन्दोलनका कारण आर्थिक रूपमा पनि ठूलो क्षति भएको बताए । “अन्तर्राष्ट्रिय इस्टिमेट अनुसार जेनजी आन्दोलनले देशको दुई वर्षको बजेटबराबरको खर्च गराइदियो । ठूलो पुँजी पलायन भयो, नेपालकै पुँजी बाहिर गएको छ।”

उनले पुराना दलहरूका कमजोरी पनि औंल्याउँदै भने, “दुई मत छैन, पुराना दलहरूले कमजोरी स्वीकार्नुपर्छ र सुधार गर्नुपर्छ। आन्दोलनको तरिका पनि अनुशासित हुनुपर्छ । सरकारी संयन्त्र असफल भयो भने, आन्दोलन गर्नेहरू पनि अनुशासनमा बस्न सकेनन् । अनुशासन नहुँदा यस्तो घटना फेरि दोहोरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्