Logo
Logo

चुनाव सर्नु हुँदैन, सरकार फेरिनु हुँदैन : बाबुराम भट्टराई


378
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्धारित समयमै फागुन २१ मा चुनाव हुनुपर्ने बताएका छन्। यही सरकारले चुनाव सम्पन्न गर्नुपर्ने भन्दै उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई अठोट गर्न आग्रह गरे।

The current image has no alternative text. The file name is: baburam.jpg

शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले भने,
“‘चुनाव हुँदैन’ वा ‘तयारी पुगेको छैन’ भन्ने बहाना स्वीकार्य छैन। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको मितिमै चुनाव हुनुपर्छ। यही नेतृत्व सक्षम छ र चुनाव गराउन सक्छ। अन्य विकल्प सोच्नुपर्ने अवस्था छैन।”

भट्टराईले प्रधानमन्त्री कार्कीले व्यक्त गरेकी “आजित र हैरान भएको” अभिव्यक्तिलाई मानवीय स्वभावजन्य प्रतिक्रिया भएको टिप्पणी गर्दै, चुनाव प्रक्रिया छिटो र समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्