Logo
Logo

सरकार मानसिक स्वास्थ्यको छुट्टै नीति बनाउन तयार गर्ने: स्वास्थ्यमन्त्री


504
Shares

१६ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति तयार गर्ने तयारी थालेको बताएकी छन् ।

The current image has no alternative text. The file name is: sudha-1.jpg

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको अन्तरक्रियामा उनले हालसम्म मानसिक स्वास्थ्यका लागि अलग नीति नभएको र पुरानो स्वास्थ्य नीतिको संशोधनमा समावेश गर्नेभन्दा छुट्टै नीति प्राथमिकता दिएको जानकारी दिइन् ।

मन्त्री गौतमले सर्वोच्च अदालतको निर्णय अनुसार मानसिक स्वास्थ्य सेवा विस्तारका लागि महाशाखा गठन गर्ने सरकारको प्रतिबद्धता रहेको र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न समय अनुसार तयारी अघि बढाइने बताइन् ।

उनले भनिन्, “महाशाखा संरचनात्मक रूपमा मात्र बनाएर काम गर्नु पर्याप्त छैन। प्रभावकारी रूपमा कार्यक्रम अगाडि बढाउने हाम्रो प्राथमिकता हो।”

प्रतिक्रिया दिनुहोस्