
काठमाडौं । सुनसरीमा अञात व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । गएराति सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए । घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।












