Logo
Logo

माइतीघरमा खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन


567
Shares

काठमाडौं । काठमाडौंका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले प्रदर्शन गरेका छन् ।

बागमती, विष्णुमती, मनोहरा लगायत खोला किनारका पीडितहरुले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदैन, फैसला होइन न्याय देउ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लेखिएको व्यानर बोकेर माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

२ वर्ष अघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो । त्यसपछि सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि भन्दै काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो ।

अहिले उक्त खोला मापदण्ड खारेजीको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति सडकमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्