Logo
Logo

विमानस्थलबाट सुन तस्करी गर्ने पाँच जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, १८ माघ ।
बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने पाँच जना पक्राउ परेका छन् ।

बिहीबार दिउँसो त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारको शिलशिलामा विदेशबाट नेपाल फर्की आएका मानिसहरुले महानगरीय प्रहरी परिसर र वृत्त गौशालाको प्रहरी टोलीले विमानस्थल गेट बाहिर सडक बाटोमा चेकजाँच गर्ने क्रममा विदेशबाट आएका मानिसहरु ५ जनालाई नियन्त्रणमा पक्राउ गरेको हो । उनीहरुको साथबाट २ सय ५० ग्राम सुन बरामद भएको छ । विदेशबाट फर्कदा ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार तिर्न नपर्ने भएकाले कामदारहरुलाई तस्करीमा प्रयोग गरिन्छ । एक तोलामा करिब आठ हजार नाफा हुने भएकाले यसरी तस्करी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्