Logo
Logo

सफारी चालकमाथि गोली हान्ने हबलदार पक्राउ, बीओपीका सबै कर्मचारी फिर्ता


8.1k
Shares

काठमाडौं । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका हबलदार पक्राउ परेका छन्।

बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृतयु भएपछि गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए ।

उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो । त्यसपछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षा कर्मचारीलाई फिर्ता बोलाइएको छ ।

छानबिन समितिलाई ७ दिनको म्याद दिएको र घटनाको प्रतिवेदन आएपछि थप कदम चालिने सुनसरीका सीडीओ वासुदेव घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्