
काठमाडौं । कतारले १३ नेपालीलाई आममाफी दिएको छ । कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।
कतारले आममाफी दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार व्यक्त गरेको छ । परराष्ट्रले विज्ञप्तिमा मानवीय आधारमा १३ नेपाली कैदीलाई दिइएको आममाफीको उच्च मूल्यांकन गरेको जनाएको छ ।












