Logo
Logo

सानेपामा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ । 

The current image has no alternative text. The file name is: congress-1.jpg

शुक्रवार अपराह्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको हो । महाधिवेशनलाई लिएर चर्किरहेको विवादकाबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ । 

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ । 

यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए । 

संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस्