Logo
Logo

यी हुन् कांग्रेस महाधिवेशनबारे फरक मत राख्ने ५ नेता


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यसम्पादन समितिको निर्णयमा ५ नेताले फरक मत राखेका छन् । 

पुस २६-२८ गतेसम्मको महाधिवेशन तालिका परिवर्तन गरी वैशाख २८-३१ मा गर्ने पारित गर्दा ३ पदाधिकारीसहित ५ नेताले फरक मत राखेका हुन् । 

निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरले फरक मत राखेका छन् । त्यस्तै कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि फरक मत राखेका हुन् । 

बैठकपछि महामन्त्री थापाले आफूहरूले फरक मत राखेको पनि जानकारी गराए । थापाले भने, ‘बैठकमा कार्यवाहक सभापतिले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गर्नु भयो । धारा ४३ को प्रयोग गरेर प्रस्ताव राख्नुभयो। हामीले फरक मत राख्यौँ तर प्रस्ताव बहुमतले पारित भयो ।’

उनीहरूले बैठकमा नियमित तालिका ल्याएपनि विशेष महाधिवेशनको मागबाट भाग्न नमिल्ने भन्दै फरक मत राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्