Logo
Logo

न्यूयोर्क पुर्याइए राष्ट्रपति मादुरो, भेनेजुएलामा अमेरिकाले शासन गर्ने


1.8k
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर सार्वजनिक गरेका छन् ।

गिरफ्तार गरिएको दाबीपछि गएराति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन् ।

मादुरोकी पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन् । तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका छन् ।

मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा ।’ घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन् ।

जहाँ उनले भने, ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण नयाँ सरकार नबनेसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ ।’ यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे ।

ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो ।’

उनले थपे, ‘अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिएनन्, न त उनीहरूको हतियार वा उपकरणमा क्षति पुगेको छ ।’

ट्रम्पले अमेरिकाले ‘समुद्रबाट आउने ९७ प्रतिशत लागुपदार्थको ओसारपसार समाप्त पारेको’ दाबी गरेका छन् ।

यसअघि शनिबार ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको बताएका थिए ।

यस्तै अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले अब उनीहरूविरुद्ध मुद्दा चलाइने घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्