
काठमाडौं । नेकपा एमाले बझाङले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको छैटौँ पूर्ण बैठकले केन्द्रीय सदस्य ऐन महरसहित मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो । सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन् ।
यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन् । अखिलका पूर्वअध्यक्ष महर बझाङका लोकप्रिय नेता हुन् ।
उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग झिनो मतले पराजित भएका थिए ।












