
काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर–२ बाट दुई जनाको नाम सिफारिस गरेको छ ।
एमाले मकवानपुर जिल्ला कमिटीले मकवानपुर क्षेत्र २ का लागि पार्टीका प्रमुख सचेतक भइसकेका नेता महेश बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको हो ।
बर्तौला २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएर संसद पुगेका थिए । त्यतिबेला उनले पाँचदलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार बढी मतान्तरले हराएका थिए । बर्तौला पार्टी अध्यक्ष केपी ओलीको विश्वास पात्र मानिन्छन् ।












