
काठमाडौं । नेकपा एमालेले २१ फागुननमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ रुपन्देही–२ मा विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ । रुपन्देही–२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि उनी एकल सिफारिस भएका हुन् ।
पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही–२ बाट जित्दै आएका छन् । जिल्लाका अन्य चार वटा क्षेत्रको भने निर्णय हुन बाँकी रहेको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए ।
०७९ अघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएका पौडेल पछिल्लो चुनावमा भने रास्वपाका गणेश पौडेलसँग १५०० मतान्तरले मात्रै विजयी भएका थिए ।












