
काठमाडौं । नेकपा एमालेले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र २ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए ।
०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेल २६ हजार ६ सय ८१ मतमा रोकिएका थिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।












