
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
दुई शीर्ष नेताबीच आज बिहान ललितपुरको च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको हो । भेटमा आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा मिलेर जानेबारे छलफल भएको बताइन्छ ।
त्यस्तै प्रचण्ड आजै साँझ भारतको नयाँदिल्ली भ्रमणमा जाँदैछन् । उनी नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन दिल्ली प्रस्थान गर्न लागेका हुन् ।
दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले स्पष्ट पारेको छ । तर, दिल्ली उड्नुअघि प्रचण्ड–ओलीबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।












