Logo
Logo

नयाँदिल्ली पुगे प्रचण्ड


1.3k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँदिल्ली पुगेका छन् ।

The current image has no alternative text. The file name is: prachand.jpg

जेनजी आन्दोलनपछि एकीकृत समाजवादीसहितका दलहरु समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि प्रचण्डको पहिलो पटक दिल्ली पुगेका हुन् । 

तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादी लगायत दल निकट प्रवासी सङ्गठनहरूको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड दिल्ली गएको उनको सचिवालयले जनाएको छ । सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड सोमबार नै स्वदेश फर्किने बताइएको छ ।

दिल्ली बसाइका क्रममा उनका थप कार्यक्रम भने सार्वजनिक भने भएका छैनन् । प्रचण्डको सचिवालयले पनि दिल्लीमा सन्देश सभालाई सम्बोधन गर्ने बाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्