Logo
Logo

चितवन-१ बाट एमालेका ६ जना सिफारिस, परेनन् पाण्डे


3.4k
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले चितवन निर्वाचन क्षेत्र नं. १ बाट ६ जनाको नाम सिफारिस गरेको छ । तर, यो सूचीमा पार्टीका निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा सो क्षेत्रका पुराना विजेता सुरेन्द्र पाण्डेको नाम समावेश गरेको छैन ।

The current image has no alternative text. The file name is: surendra-pandya.gif

२०७९ को निर्वाचनमा यो क्षेत्रबाट प्रतिस्पर्धा गरेका पाण्डेले आगामी निर्वाचनमा उम्मेदवार बन्ने इच्छा स्पष्ट रूपमा व्यक्त नगरेको भन्दै एमालेले उनको नाम सिफारिस नगरेको बताएको छ । नेताहरूसँगको छलफलमा उनले जे राम्रो हुन्छ त्यही गर्नुस्, सबैभन्दा बढी भोट ल्याउन सक्ने व्यक्तिलाई टिकट दिनुस् भनेका एमाले चितवनका अध्यक्ष कमलराज पाठकले बताएका छन् । 
क्षेत्रीय कमिटीका संयोजक प्रेम दुवाडीले पनि पाण्डेको नाम इच्छा जाहेर गर्नेहरूको सूचीमा नरहेको बताएका छन् । उनले हलमा कसैले पनि उनको नाम प्रस्ताव नगरेको बताएका छन् । 

यता, नेता पाण्डेले जिल्ला अध्यक्षले आफूलाई एकपटक पनि सम्पर्क नगरेको बताएका छन् । सिफारिस भएका उम्मेदवारहरूमा कमलराज पाठक, दावा दोर्जे लामा, कृष्णलाल चौधरी, किशोरचन्द्र खनाल, भरत भण्डारी र लक्ष्मी कोइराला पोखरेल छन् । यो क्षेत्रमा पाण्डेले २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए । 

प्रतिक्रिया दिनुहोस्