Logo
Logo

रास्वपाको बृहत्तर एकता घोषणा सभा आज


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (सोमबार) बृहत्तर एकता घोषणा सभा गर्दैछ । बृहत्तर एकता घोषणा सभा आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा हुने भएको हो ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।

त्यस्तै ठूलो संख्यामा नागरिक उन्मुक्ति त्यागेका नेता कार्यकर्ताहरुलाई पनि आज रास्वपा प्रवेश गराउने कार्यक्रम छ । आजको सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्