
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
अर्कातिर कांग्रेस केन्द्रीय कार्यालयमा गत असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराएको विशेष महाधिवेशनको प्रस्ताव पनि विचाराधीन अवस्थामा छ । यसबारे पनि छलफल हुने बुझिएको छ ।












