Logo
Logo

एमालेबाट अहिलेसम्म को-को भए एकल उम्मेदवार सिफारिस ?(सूची)


2.2k
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि धेरै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ । कतिपय कमिटीहरूमा छलफल जारी छ ।

केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदान समेत भएका छन् । एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ । कतिपय क्षेत्रबाट भने एक जनाको नाम मात्र सिफारिस गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । धेरैजसो क्षेत्रबाट सिफारिसको क्रम चलिरहेको छ ।

यी हुन् एकल सिफारिस भएका उम्मेदवार
कोशी
१. केपी शर्मा ओली, झापा ५
२.सुहाङ नेम्वाङ, इलाम २

मधेश
१. लीलानाथ श्रेष्ठ, सिरहा ३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी १
३. हरि उप्रेती, सर्लाही ३
४. अजय गुप्ता, रौतहट १

बागमती
१. बद्री मैनाली, नुवाकोट १
२.मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)
३ ईश्वर पोखरेल, काठमाडौँ–५
४ महेश बस्नेत, भक्तपुर २

गण्डकी
१. तिलक महत, नवलपुर २
२.मिलन गुरुङ, गोरखा २

लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी १
२.सूर्य ढकाल, बाँके १
३. दलबहादुर सुनार, बाँके ३
४. विश्राम चौधरी, कपिलवस्तु १
५. बिष्णु पौडेल, रुपन्देही २
६. शंकर पोखरेल, दाङ २

कर्णाली
१. ध्रुव शाही, सुर्खेत १
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम
१.लेखराज भट्ट, कैलाली ४
२ दामोदर भण्डारी, बैतडी
३ गणेश ठगुन्ना, दार्चुला

प्रतिक्रिया दिनुहोस्