Logo
Logo

विशेष महाधिवेशन हुँदैन, हुन दिँदैनौं : कृष्ण सिटौला


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा गरेका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले पार्टीको विशेष महाधिवेशन हुनै नदिने बताएका हुन् ।

‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,’ उनले भने, ‘कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।’

दलहरूसँग तालमेल गरेर चुनावमा जाने तयारीमा रहेको भन्दै नेता सिटौलाले विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौं नआउन पनि आग्रह गरे । ‘हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु । चुनावको तयारीमा लाग्न आग्रह गर्दछु’ उनले भने ।

साथै उनले प्रतिनिधिसभा सदस्य चुनावमा गठबन्धन नगर्ने कांग्रेसको बटम लाइन नै भएको बताए । ‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ । प्रतिनिधिसभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्