काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । रास्वपाको समानुपातिकतर्फको ११० जनाको बन्द सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा उनको नाम समावेश थियो ।
लिम्बूले लेखेका छन्, ‘उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।’ नेपालको संविधानमा सुनिश्चित समानुपातिकरसमावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको उनले बताएका छन् ।












