Logo
Logo

नयाँ पुस्ताको हातमा शासन गए मुलुकले लय समाउने छ : प्रधानमन्त्री


441
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण तथा स्वच्छ निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान अवस्था निकै संवेदनशील रहेको उल्लेख गर्दै निर्वाचनलाई राष्ट्रिय कार्यभारका रूपमा पूरा गर्नुपर्नेमा जोड दिइन् ।

The current image has no alternative text. The file name is: susila-2.jpg

यस क्रममा उनले समाजका सबै तह र तप्कालाई संयम, सहिष्णुता तथा सद्भाव कायम राख्न आग्रह गरिन् । सोमबार साँझ पूर्व सांसद मञ्चको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर  उनीहरूसँग भेट गरेकी हुन् । उक्त भेटमा प्रधानमन्त्री कार्कीले मुलुकको संवेदनशील अवस्थाबारे विस्तृत रूपमा बताएकी थिइन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले भनिन्,’प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्नुपर्छ । समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ, भयरहित तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबैको सक्रिय तथा जिम्मेवार सहभागिता आवश्यक छ ।’

उनले पूर्व सांसद मञ्चका प्रतिनिधिहरूलाई पनि यो अभियानमा सक्रिय भूमिका खेलिदिन विशेष आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार भइसकेको बताउँदै अब मतदाता शिक्षामा जोड दिनुपर्नेमा जोड दिइन् । 

उनले भनिनन्, ‘निर्वाचन त अवश्य पनि हुन्छ । यो निर्वाचनले मुलुकलाई सही निकास दिनुपर्छ । नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था हस्तान्तरण भएमा देशले पक्कै पनि नयाँ लय समात्नेछ ।’ भेटका क्रममा पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले निर्वाचन नै मुलुकका सामु रहेको एकमात्र लोकतान्त्रिक विकल्प भएको बताए । उनले भने, ‘सरकारले निर्वाचन सफल पार्नुपर्छ । हामी सरकारको पूर्ण साथमा छौँ । जननिर्वाचित संसद् आएपछि मात्रै मुलुकमा लोकतन्त्र साँच्चिकै जीवित रहनेछ र मुलुकले दीर्घकालीन निकास पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्