
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त भएका छन् ।
एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएर सोमबार राति स्वदेश फर्किएका प्रचण्डले आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफल थालेका हुन् । दिल्ली बसाइको क्रममा प्रचण्डको भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।
प्रचण्ड आज बिहानैदेखि राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने सचिवालय स्रोत बताउँछ ।
खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी छ । त्यस विषयमा शीर्ष तहमा भेटघाट र छलफल हुँदै आएको छ ।












