Logo
Logo

रास्वपाको समानुपातिकमा रहस्यमय पात्र


3.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकको सूचीमा राजनीतिमा नामै नसुनिएका रहस्यमय पात्रहरू समावेश गरिएका छन् ।

राजनीतिक पृष्ठभूमि नभएकादेखि साम्प्रदायिक गतिविधिमा सक्रियहरूको नाम सूचीमा देखिन्छन् । विभिन्न शक्तिकेन्द्रबाट दबाब सृजना गरी लाभको पद लिएकाहरू समानुपातिक सूचीमा परेका छन् । यसले रास्वपालाई नै रहस्यमयी बनाएको छ ।

अन्तर्राष्ट्रिय सुरक्षा निकायको निगरानीमा परेका पात्र समेत रास्वपाको समानुपातिक बन्द सूचीमा परो छन् ।
सूचीमा रहेकी रहस्यमयी पात्र हुन् सुम्निमा उदास । सीएनएनमा काम गरेकी उनी जनजाति महिलाको समानुपातिक सूचीमा माथितिर नै छन् ।

वासिङ्टनसँग सिधा सम्बन्ध भएकै आधारमा उनले पिता भीम उदासलाई बर्माको राजदूत बनाएको चर्चा थियो । कुनैबेला दिल्लीमा उनी खुबै चल्तापुर्जा भइन् । कँग्रेस आईका नेता राहुल गान्धीसँग नजिक भएकै कारण सुम्निमाको विवाहमा राहुल गान्धी नेपाल आएका थिए । यसले निकै चर्चा पायो ।

सुम्निमाको राहुलसँगको निकटतालाई लिएर भारतको सुरक्षा निकायले गहिरोसँग निगरानी राखेको थियो ।
रास्वपाको समानुपातिक सूचीमा परेका अर्का डा. महेन्द्र लावती यूरोपमा बसेर साम्प्रादायिक द्वेष फैलाउन सक्रिय थिए ।

पञ्चायती पृष्ठभूमिका पद्मसुन्दर लावतीका छोरा महेन्द्र नेपाल फर्किएपछि पूर्वी नेपालमा साम्प्रादायिक गतिविधिलाई मलजल दिन थालेको आलोप छ । उनी चन्द्र ढकालले पाथिभरा केबलकार सञ्चालन गर्दा विरोधमा लागिरहे । लिम्बूवान, मंगोल अर्गनाइजेशन जस्ता संस्थासँग उनको निकटता रहेको बताइन्छ ।

रास्वपाको समानुपातिक सूचीमा परेकी अर्की पात्र हुन् मोहना अन्सारी । उनी माओवादीसँग निकट रहेर लाभको पदमा पुगिन् । मानवअधिकार आयोगमा सदस्यसम्म भइन् । अधिकारवादीका रुपमा देखिएकी उनी एनजीओ आइएनजीओसँग निकट रहेर काम गछिन् ।

अमेरिकी राजदूतावासमा एउटा विवादास्पद भेटमा नरेन्द्रजङ्ग पिटरका साथ उनी पनि देखिएकी थिइन् । आयोगको सदस्य हुँदा नै मोहना विगतमा देशविरोधी गतिविधि गरेकी सरिता गिरीको पक्षमा बोलेर विवादमा परिन् । उनले जिउँदै ईट्टाभट्टामा मान्छे हाल्ने अफताव आलमको पक्षमा पनि बोलेकी थिइन् ।

जेनजी आन्दोलनका लागि भाद्र २३ गतेलाई प्रशासनसँग अनुमति लिनेमा पुरुषोत्तम यादव पनि एक हुन् । उनी पनि रास्वपाको समानुपातिक सूचीमा छन् । यादव बालेन साहनिकट मानिन्छन् । यसअघि कहिल्यै नाम नसुनिएका यादव जेनजीका बेलामा अचानक चर्चामा आए । उनको टोलीले नै मीराज ढुंगानालई दुर्गा प्रसाईँलाई भेटेकै आधारमा ‘पेलेको’ थियो ।

विवेकशील पार्टीमा लामो समय रहेकी समीक्षा बाँस्कोटा, रञ्जु दर्शना र प्रकाशचन्द्र परियार पनि रास्वपाको समानुपातिक सूचीमा छन् । दुवै एनजीओसँग आवद्ध रहेका थिए । समीक्षा काँग्रेसका पूर्वमन्त्री दिपकप्रकाश बाँस्कोटाकी छोरी हुन् । प्रकाश पनि काँग्रेससँग नजिक थिए र पछि विवेकशीलमा रहे ।

गोल्ड स्टार जुत्ताकी संचालक विदुषी राणा र व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल पनि समानुपातिक सूचीमा परेका छन् । यि दुई व्यापारिक पृष्ठभूमिको नाम रास्वपाको समानुपातिक सूचीमा देखेपछि व्यापारीले हाँसो, ठट्टा गर्ने गरेका छन् ।

रास्वपाको समानुपातिकको बन्द सूचीमा समावेश नामहरूमा ठूलै शक्तिको चासो देखिएको छ । कतिपय नामहरूमा चुनावी खर्च संकलनको ध्येय पनि देखिन्छ । रवि लामिछाने, कुलमान घिसिङ र बालेन साहले आफ्ना मान्छे मात्र राखेका छैनन्, रहस्यमय ढंगले धनाढ्यहरुलाई पनि समेटेका छन् । अर्कोतर्फ, समानुपातिक सूचीमा समावेश नामहरू विवादमा परेका, शंकास्पद र रहस्यमय पात्रहरू समेत भेटिएका छन् । जसले गर्दा रास्वपा विवादमा परेको छ ।

आजको दृष्टि साप्ताहिकमा भुलवस सुम्निमा उदासको साट्टो सुम्निमा तुलाधरको फोटो प्रयोग भएकाले सो सामग्री अनलाइनमा सुधार गरिएको छ । यसले सम्बन्धित व्यक्ति तथा पाठकमा गलत अर्थ पुगेकोमा गहिरो क्षमा प्रकट गर्दछौँ । यस्ता त्रुटिहरू दोहोरिन नदिन विशेष सावधानी अपनाउने प्रतिबद्धता पनि गर्दछौँ ।- सम्पादक

प्रतिक्रिया दिनुहोस्