
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
नेता नेपालले आज बिहान खुमलटार पुगेर प्रचण्डसँग राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने सम्बन्धमा छलफल गरेका हुन् ।
सम्मानजनक सिट बाँडफाँड भएमात्र तालमेल गर्न सकिने नभए एकल उम्मेदवारी दिने गरी दुई नेताबिच छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
नेपाली समाज भारतले आयोजना गरेको एकता सन्देशसभामा भाग लिन आइतबार नयाँ दिल्ली पुगेका उनी सोमबार बेलुका स्वदेश फर्किएका थिए । भारत प्रस्थान गर्नुअघि प्रचण्डले चुनावी तालमेलको विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । भारतबाट फर्किएको भोलिपल्टै प्रचण्ड छलफलमा जुटेका हुन् ।












