
काठमाडौं । नेकपा एमालेले फागनु २१ गतेको प्रतिनिधिसभा निर्वाचन लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर तोकेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको हो ।
कमिटीको सचिवमा विष्णु रिमाल छन् । त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन् ।












