
काठमाडौं । नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । आज बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएको हो । पोखरेलको ठाउँमा विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय भएको छ ।
एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।












