Logo
Logo

कांग्रेस पार्टी कार्यालयमा लफडा, वैकल्पिक गेटबाट छिरे नेताहरू


693
Shares

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।

प्रदर्शनरत कार्यकर्ताले नेताहरूलाई गाली गर्दै पार्टीलाई बन्दी बनाउन नहुने बताएका छन् । यस क्रममा केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको बाझाबाझ समेत भएको छ ।

मङ्गलवार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरिरहेका छन् । 

बिहान ११ बजे हुने भनिएको बैठक १ बजेको लागि सरे पनि अहिलेसम्म सुरु हुन सकेको छैन । आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ ।

सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।

राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यका लागि छलफल अघि बढाएको छ । 

आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को-को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्