Logo
Logo

बालेनले जाँचबुझ आयोगलाई पठाए लिखित जवाफ 


378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो ।

The current image has no alternative text. The file name is: Balen.jpeg

उक्त पत्रको जवाफ शाहले आयोगलाई पठाएका हुन् । आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली ,गृहमन्त्री रमेश लेखक लगायतको बयान लिइसकेको छ । आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ । 

आयोगले यसअघि नै जेनजी आन्दोलनसँग सम्बन्धित विवरण र अरू तथ्याङ्कहरू संकलन गरेको थियो । तल्ला तहका सुरक्षा अधिकारीहरूसँगको बयानपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय, प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग बयान लिएको थियो ।

त्यसबाहेक सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका साथै काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृह सचिव, मुख्यसचिव लगायतसँग पनि आयोगले बयान लिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले पनि आयोगलाई बयान दिएका थिए ।  आयोग अब प्रतिवेदन लेखनको कार्यमा जुटेको छ । तीन हप्ताभित्रै प्रतिवेदन ल्याउने गरी आयोग लेखनमा जुटेको हो । 

प्रतिक्रिया दिनुहोस्