काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मङ्गलवार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् ।

प्रवक्ता खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ३५ वटा निर्णयहरू एकसाथ सार्वजनिक गरेका हुन् ।
सरकारले अबदेखि प्रत्येक वर्षको पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले भिसा अवधि सकिएर पनि गैरकानुनी रूपमा नेपालमा बसोबास गर्दै आएका १५ जना विदेशी नागरिकलाई देश निकाला ९डिपोर्ट० गर्ने बाटो खुला गरेको छ ।
भिसा नियमित नगरी बसेका उनीहरूले प्रचलित कानुन अनुसार बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना बापतको दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने निर्णय सरकारले गरेको मन्त्री खरेलले जानकारी दिए ।












