
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने भएको हो ।
बैठमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ ।
मंगलबारको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका थिए । त्यसअघि सोमबार पनि नेताहरुले आआफ्ना धारणा राखेका थिए ।












