
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि एमालेले मधेस बाहेक अन्य प्रदेशमा उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार एमालेले कोशीमा महिला पाएको छ । त्यहाँ रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । बागमतीमा डा प्रेम दंगाल उम्मेदवार बन्ने भएका छन् ।
गण्डकीमा सम्झना देवकोटालाई उम्मेदवार बनाउने भएको छ । लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन लागेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।
राष्ट्रिय सभामा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने छलफल भएको थियो । तर, अन्तिममा कुरा मिल्न सकेको छैन ।
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा अहिलेसम्म कुरा मिल्न नसकेको नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय गोबिन्द आचार्यले जानकारी दिए ।












