Logo
Logo

राष्ट्रियसभा उम्मेदवार छनोटमा गगन-विश्वप्रकाशको असहमति


1.6k
Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोटमा कांग्रेस महामन्त्रीद्वयले असहमति जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि व्यक्त गरेका हुन् ।

शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनी हिजोको बैठकमा पनि सहभागी थिएनन् । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेका थिए । त्यस्तै अर्का महामन्त्री थापाले भने बैठकमा फरक मत राखे ।

उनले उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०/४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने बतएका थिए ।

प्रतिक्रिया दिनुहोस्