काठमाडौँ । सर्वोच्च अदालतमा पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव प्रकाशमणि शर्माको नियुक्ति बदर गर्न रिट दायर भएको छ।

काठमाडौँ महानगरपालिका वडा नं. १८ निवासी भेषराज लुइँटेलले कोष र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाउँदै बुधबार रिट दर्ता गरेका हुन् । लुइँटेलले शर्माको उमेर हदका कारण नियुक्ति बदरको माग गरेका छन्, उनले ७० वर्ष पूरा गरिसकेका छन् । रिट बिहीबारका लागि पेसी सूचीमा तोकिएको छ ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृति मन्त्री अनिलकुमार सिन्हाले गत मंसिर २९ गते शर्मालाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । सदस्य-सचिवको कार्यकाल चार वर्षको तोकिएको छ ।
निवेदकको दाबी अनुसार, सरकार र संवैधानिक आयोगहरूले सार्वजनिक पदका लागि ६५ वर्ष उमेर हद तोकेको अवस्थामा ७० वर्ष पुगिसकेका शर्मालाई सदस्य–सचिव नियुक्त गर्नु कानुनविपरीत भएको छ ।












