Logo
Logo

अमेरिकाको भिसा आवेदनमा धरौटी आवश्यक पर्ने देशको सूचीमा नेपाल पनि


3k
Shares

काठमाडौँ । अमेरिकाले नेपाललाई पनि भिसा आवेदन गर्दा धरौटी भिसा बन्ड राख्नुपर्ने देशको सूचीमा राखेको छ।

The current image has no alternative text. The file name is: VISA.jpg

अमेरिकाको विदेश मन्त्रालयको सूचनाअनुसार, यही जनवरी २६ देखि बी-वान र बी-टु ( पर्यटक तथा व्यावसायिक भिसा ) लिन चाहने नेपालीले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर धरौटी पेश गर्नुपर्नेछ ।

धरौटी रकम कन्सुलर अफिसरले आवेदनकर्ताको व्यक्तिगत अवस्था हेरेर तोक्नेछन् । तर धरौटी राखेमा भिसा पक्का जारी हुने सुनिश्चित भने छैन ।

अहिलेसम्म अमेरिकाले ३८ देशका नागरिकका लागि धरौटी राख्ने प्रावधान लागू गरेको छ । यस सूचीमा नेपालसहित दक्षिण एशियाका बङ्गलादेश र भुटान पनि छन् ।

धरौटी रकम फिर्ता हुने अवस्था स्पष्ट गरिएको छ । अमेरिकी यात्रा गरेर निश्चित समयभित्र बाहिरिएमा, वा भिसा कायम रहेको अवधिभित्र अमेरिका नगएमा, वा भिसा भए पनि प्रवेश अनुमति नपाएमा धरौटी फिर्ता हुनेछ ।

अमेरिकाले बी-वान/बी-टु भिसावाहकका लागि प्रवेश र बाहिर्गमनका लागि तीन विमानस्थल तोकेको छ: बस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल (बिओएस), न्यूयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल (जेएफके) र वाशिङ्टन डलस अन्तर्राष्ट्रिय विमानस्थल (आइएडी ) । यी विमानस्थलबाहेक अन्यबाट प्रवेश वा बाहिरिन अनुमति नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्