Logo
Logo

गण्डकीका १० जिल्लामा एमालेले तोक्यो इन्चार्ज


1.3k
Shares

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशले १० जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि भन्दै एमालेले जिल्ला इन्चार्जका रूपमा केन्द्रीय सदस्यलाई खटाएको हो ।

एमालेको निर्णय अनुसार, कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्जको रूपमा खटाइएको छ । गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी भने खगराज अधिकारीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्