Logo
Logo

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


567
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ४ बजे केन्द्रीय कायालय सानेपामा बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थित हुन भनिएको छ । कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर संस्थापन र इतर पक्षमा विवाद छ ।

सभापति शेरबहादुर देउवा पक्षले नियमित महाधिवेशन बैशाखमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमै विशेष महाधिवेशनको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्