Logo
Logo

निर्वाचनमा ८० हजार सेना परिचालन हुने


378
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने भएको छ ।

निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सेनाले सोहीअनुसार जनशक्ति परिचालन गर्ने भएको हो ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले निर्वाचनको एक महिना अघिबाट ८० हजार जनशक्ति फिल्डमा परिचालन गरिने जानकारी दिए ।

निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाइ सुरक्षादेखि महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले बहन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्