
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपिसहित उपस्थित हुने निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
११औं महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो । यसअघि प्रथम बैठक पुस ४ गते बसेको थियो ।












