Logo
Logo

चौतर्फी आलोचनापछि खेलकुदमन्त्रीको अमेरिका यात्रा स्थगित


693
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमणले ठूलो विवाद निम्त्याएको छ । मन्त्रिपरिषद्ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एक कार्यक्रममा सहभागी हुन उनलाई भ्रमण स्वीकृति दिएको थियो ।

The current image has no alternative text. The file name is: bablu.jpg

तर, एनआरएनए अमेरिकाले मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रमका लागि औपचारिक निमन्त्रणा नदिएको स्पष्ट पारेपछि विवाद चर्किएको हो । एनआरएनए अमेरिकाको नाममा जारी दुई फरक विज्ञप्तिले थप संशय बढाएको छ । एक पक्षले कार्यक्रमको आयोजना भएको दाबी गरे पनि आधिकारिक एनआरएनएले यो फर्जी र अनधिकृत रहेको, यसमा मानव तस्करी जस्ता गैरकानुनी गतिविधिको सम्भावना रहेको जनाएको छ । 

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चौतर्फी आलोचना भएपछि मन्त्री गुप्ताले अमेरिका नजाने निर्णय लिएका छन् । उनले विभिन्न देशबाट निमन्त्रणा आए पनि अमेरिका जाने योजना नबनेको र अफवाह फैलाइएको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्