Logo
Logo

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा तानाशाह बनेको आरोप लगाउँदै विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । 

The current image has no alternative text. The file name is: gopalman.jpg

श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर आफूले विशेष महाधिवेशनमा जाने निर्णय गरेको बताएका हुन् ।

उनले सभापति देउवा तानाशाह भएर निस्किएको बताएका छन् । उनले भने,’पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि धेरै अन्याय गर्नुभएको छ । उहाँलाई कत्ति सहयोग गर्दा पनि सधैँ अन्याय नै गर्नुभयो मलाई । अब अन्याय सहेर बस्न सक्दिनँ । अहिले तानाशाह भएर निस्किनुभयो ।’

श्रेष्ठले पुस २७ र २६ गते हुने विशेष महाधिवेशनमा सहभागी पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्