Logo
Logo

भृकुटीमण्डप आउन थाले कांग्रेस प्रतिनिधि


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भैकुटीमण्डपमा उद्घाटन हुँदै छ । बिहान ८ बजेदेखि नै नाम दर्ता गर्ने तयारी भएपछि अहिले प्रतिनिधिहरू महाधिवेशन स्थल भृकुटीमण्डपमा आउन थालेका छन् ।

The current image has no alternative text. The file name is: congressssss.jpg

प्रतिनिधिको नाम दर्ता भने अझै सुरु हुन सकेको छैन । कार्यक्रम स्थलमा मञ्च निर्माणको काम पनि अझै सकिएको छैन । प्रतिनिधिहरूको नाम दर्ताका लागि महाधिवेशन स्थलको मूल गेटसँगै स्टल निर्माण गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।

महाधिवेशन उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने छ । विशेष महाधिवेशन काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्