काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन् ।

सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कार्की सरिक भई शाहप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन् । सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहको सालिकमा पुष्पहार अर्पण गरे ।
त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।












