Logo
Logo

मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस: गगन थापा


315
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूसँग विश्वेश्वरप्रसाद कोइरालाको विचार र लौहपुरुष गणेशमान सिंहको साहस रहेको दाबी गरेका छन्।

आइतबार भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले देशलाई भरोसा दिन सक्ने र पार्टीलाई रूपान्तरणकारी निर्णयतर्फ लैजान सक्ने क्षमता आफूमा रहेको बताए। “ठण्डा दिमागले सोचौँ। जे निर्णय हुन्छ, त्यसलाई मानेर अगाडि बढ्ने हो,” उनले भने।

थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बन्दसत्रमा उपस्थित हुन आग्रह गर्दै सोमबारसम्म नेतृत्वलाई कुर्ने बताए। “आउने–नआउने उहाँहरूको मर्जी हो, निर्णय गर्ने तपाईंहरूको मर्जी हो,” उनले भने, “युद्ध जित्न कहिलेकाहीँ लडाइँ हार्नुपर्छ। हामी हार्न तयार छौँ। कहिलेकाहीँ ज्वाला जोगाउन आफू नै डढ्नुपर्छ। त्यसका लागि पनि हामी तयार छौँ—नेपाली कांग्रेसलाई सही ठाउँमा उभ्याउनका लागि।”

कांग्रेसलाई बदल्ने विचार र साहस आफूमा रहेको उल्लेख गर्दै थापाले भने, “म बीपीको छोरा होइन, गणेशमानको छोरा होइन। मेरो शरीरमा बीपी र गणेशमानको रगत छैन। तर, मसँग बीपीको विचार छ र गणेशमानको साहस छ।”

प्रतिक्रिया दिनुहोस्