Logo
Logo

गगनले राजनीतिक र विश्वप्रकाशले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने


945
Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आआफ्ना प्रतिवेशन प्रस्तुत गर्दैछन् । बिहान १० बजेदेखि सुरु हुने बन्दसत्रमा थापाले समसामयिक राजनीतिक प्रतिवेदन र शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

महामन्त्री शर्माको प्रतिवेदनमा पार्टीको विधानमा गर्नुपर्ने सुधार, संगठन संरचनामा गर्नुपर्ने सुधार, नीतिगत रूपमा पार्टीले सार्वजनिक गर्ने राष्ट्रिय प्रतिबद्धतासहितका विषय समेटिने बताइएको छ ।

महामन्त्री थापाको प्रतिवेदनमा त्यसको समसामयिक राजनीतिक अवस्थाको समीक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय राजनीतिमा पार्टीले गर्ने नेतृत्वदायी भूमिका र अबको गन्तव्यसहितका विषय समेटिने बताइएको छ ।

यी दुवै प्रतिवेदनमा बन्दसत्रका सहभागीहरूको सुझावसहित पारित गरेपछि बन्द सत्रले नेतृत्व चयन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
बन्दसत्रको अध्यक्षता ललितपुरका महाधिवेशन प्रतिनिधि ओमकार श्रेष्ठले जेष्ठ सदस्यको हैसियतमा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्