Logo
Logo

६ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस


1.6k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ जवनालाई बढुवा सिफारिस गरिएको जनाएको छ ।

बढुवा सिफारिस हुनेमा नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, हाइड्रोजियोलोजी उपसमूह, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदका लागि अनिल खत्री रहेका छन् । यस्तै, सर्भे समूह राजपत्रांकित द्वितीय श्रेणीअन्तर्गत राजु कुमार द्विवेदी, राजमान श्रेष्ठ र द्वारिकानाथ धिताल रहेका छन् ।

यसैगरी कृषि प्रसार समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत नवराज पण्डित रहेको रहेका छन् भने बागवानी समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गत रामकुमार यादवलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्