
एजेन्सी । इरानमा दुई हप्तादेखि जारी प्रदर्शनमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सय बढीको मृत्यु भएको छ । यस्तै प्रदर्शनका क्रममा १० हजार ६०० बढी पक्राउ परेका छन् ।
प्रदर्शन डिसेम्बर २८ बाट मूल्यवृद्धिविरुद्ध सुरु भएको थियो, जुन अहिले इस्लामिक गणतन्त्रविरुद्ध ठूलो आन्दोलन बनेको छ । इन्टरनेट प्रतिबन्धका कारण सूचना प्रवाहमा अवरोध आएको बताइको छ ।
सरकारी टिभीले मृत सुरक्षाकर्मीहरूलाई सहीद घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ भने प्रदर्शनकारीहरूलाई आतंककारी भन्दै आएको छ । यो सन् २०२२ पछिको सबैभन्दा ठूलो प्रदर्शन हो, जसले इरानको अली खामेनी शासनलाई गम्भीर चुनौती दिएको छ ।












